कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई फनपार्कको जग्गामा मतियार ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो।

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।