दोहोरी गायिका थापा सम्मानित

0
Shares

धादिङ ।

नेपाल मगर संघ धादिङले ४१ औँ स्थापना दिवसको अवसरमा दोहोरी गायिका रिता थापामगरलाई सम्मान गरेको छ ।

धादिङको सोह्रघर निवासी थापा मगर राष्ट्रिय लाेक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औँ महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

नेपाल मगर संघका उपमहासचिव एकु थापामगरले सम्मान गर्दै मगर समुदायले गरेको नेतृत्वले कला संस्कृतिको विकासमा अझ बढी योगदान गर्न सक्ने बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।