नारायणी नदीमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

0
Shares

चितवन।

जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट सोमबार (हिजो) बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदिमा हाम फालेका थिए ।

घटनाबारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीब १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो ।

उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको छ ।