जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

0
Shares

काठमाडौं

। काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।