१४ औं राष्ट्रपति रनिङ शिल्ड पाँचखाललाई 

0
Shares

काभ्रे।

१४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ समापन भएको छ । पनौती क्षेत्रीय रंगशालामा आयोजित कार्यक्रममा १३ वटा पालिकाबाट सहभागी खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । १४ औ पटकको रनिङ शिल्ड पाँचखाल नगरपालिकाले प्राप्त गरेको छ ।

जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, उपप्रमुख गीता बञ्जारा, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख राजन प्रजापति, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामा, विभिन्न क्षेत्रका ब्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १२ वटा स्वर्ण, ६ वटा रजत र १० वटा काश्य पदकमा विजयी भई पाँचखाल नगरपालिका प्रथम भएको हो । ९ वटा स्वर्ण, १० वटा रजत जितेको पनौती दोस्रो भयो भने ७ वटा स्वर्ण र ६ वटा रजत जितेको चौरीदेउराली गाउँपालिका तेस्रो भयो ।

भलिबल छात्र तर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौरीदेउराली तेस्रो र पाँचखाल चौथो भए । छात्रा तर्फ चौरीदेउराली गाउँपालिका प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो भए ।

कवडी छात्र तर्फ पनौती, रोशी, बनेपा, पाँचखाल क्रमशः प्रथम, द्धितिय, तेस्रो र चौथो भए । त्यस्तै छात्रा तर्फ बनेपा, पनौती, रोशी र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो भए ।

प्रतियोगितामा एथेलेटिक्स तर्फ पाँचखाल, चौरीदेउराली र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो , तेस्रो भए । डब्लुटिएफ तेक्वान्डो तर्फ पनौती, चौरीदेउराली र बेथान्चोक क्रमशः प्रथम, दोस्रो , तेस्रो भए । कराँते तर्फ बनेपा, खानीखोला र बेथान्चोक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

फागुन १३ गते सुरु भएको प्रतियोगिता फागुन १५ गते सोमबार समापन भएको हो । यस अघि सबै पालिकामा विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो