रास्वपा केन्द्रीय समितिको बैठक जारी

0
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक सोमबार बिहान ११ बजेदेखि शुरु भएको पार्टी केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई मत दिने वा नदिने लगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

आउँदो २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएलगत्तै पौडेल रास्वपा सभापति रविलाई भेटेरै आफूलाई भोट दिन आग्रह गरेका थिए ।

उनले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए ।