एयरहोस्टेज महर्जनको चर्तिकला

0
Shares

काठमाडौं । सधैं विवादको घेराभित्र रहँदै आएकी नेपाल वायु सेवा निगमकी एयरहोस्टेज आरती महर्जनको पछिल्लो हर्कतले निगमभित्र भांडभैलो शुरु भएको छ ।

कहिले के कहिले के वखेडा निकालेर निगम भित्रका कर्मचारीलाई दुःख दिँदै आएकी महर्जन वर्खास्तीमा परेपछि पछिल्लो समय निगमका एक पाइलटलाई झुटो आरोप लगाएर आफू चोखिने प्रयास गरेकी छन् ।

उडानका क्रममा आफूलाई जिम्मेवारविहीन बनाएको, निगमले बर्खास्त गरेको र मूल्याङ्कन कमिटीले अनुत्तीर्ण गरेको आरोप लगाउँदै महर्जनले सोही एयरलाइन्सका एक पाइलटलाई तनाव दिएकी छन् । उनले आफूमाथि एयरलाइन्सले गरेको सबै कारबाहीको आरोप वरिष्ठ क्याप्टेन अरविन्दराज पहारीलगायत अन्य क्याप्टेनलाई लगाउँदै निगममा जागिर खाइरहने योजना बनाएकी छन् । निगम व्यवस्थापनले एयरहोस्टेज महर्जनको कारण एयरलाइन्स नै वदनाम हुन लागेको भन्दै उनलाई सेवाबाट अवकास दिएको भएपनि उनले विमानका वरिष्ठ क्याप्टेन पहारी लगायतकालाई आरोप लगाएकी हुन् । बर्खास्त र मूल्याङ्कनका सम्बन्धमा पाइलटको कुनै पनि संलग्नता नरहने भएपनि उनले पाइलटहरुमाथि दोष दिँदै आएकी छन् ।

झण्डै ९ महिनाअघि उडानका क्रममा आफूलाई पाइलटले जिम्मेवारी नदिएर अर्कैलाई जिम्मेवारी दिएको भन्दै उनी पाइलटका विरुद्धमा लागेकी छन् ।

तर उडानका क्रममा हवाई सेफ्टीको लागि पाइपटले स्वनिर्णय गर्न पाउने अधिकार रहेको छ । जसलाई जुन जिम्मेवारीमा सहज हुन्छ, त्यही जिम्मेवारी पाइलटले दिन सक्ने व्यवस्था छ ।

क्याबिन क्रुमा भएको सामान्य विषयलाई लिएर एयर होस्टेज महर्जन पाइलट पहारीविरुद्ध खनिएकी छन् । सामान्यतया जहाजभित्र भएको कुरालाई सार्वजनिक गर्नु आचारसंहिताविपरीत मानिन्छ । तर एयरहोस्टेज महर्जनले जहाजको सामान्य विषयलाई प्रचारवाजी गर्नतर्फ लागेपछि नेपाल एयरलाइन्सकै छविमाथि प्रश्न उठेको छ ।

जहाजमा पाइलटले महर्जनलाई गाली गलौज र अपशब्द बोलेको आरोप लगाएकी छन् । आफूले जहाज उडाउने भएकोले कम्फर्टेबल लाग्नेलाई जिम्मेवारी दिएका थिए । तर गत साउन ११ गते क्वालालम्पुर–काठमाडौं उडानका क्रममा आफूलाई जिम्मेवारी नदिएको विषयलाई महर्जनले हल्लावाजी गरकी थिइन् । उनले आफू अनुकूलका सञ्चार माध्यमलाई एकपक्षीय सूचना दिँदै आएकी छन् । यतिसम्म कि ती सञ्चार माध्यमले एक शब्द पाइलटलाई नसोधी र घटनाको गहिराईमै नपुगी त्यसलाई समाचार बनाएर प्रशारण गरेका छन् ।

उडानमा भएको सामान्य त्रुटीलाई ठूलो मुद्दा बनाउन खोज्दा नेपाल एयरलाइन्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविमाथि गम्भीर प्रश्न उठेको छ । हाल नेपाललाई आइकाओले कालो सूचीमा समेत राखेको छ ।

के त्यो ठूलो घट्ना थियो ?

वास्तवमा त्यो ठूलो विवाद वा घटना थिएन । यदी त्यो घटना ठूलो थियो भने तत्कालै बाहिर किन आएन ? एयरहोस्टेजले किन त्यसलाई यतिका समयसम्म लुकाएर राखिन ? यससँग जोडिएका अन्य तथ्यहरू फरक छन् । ती घटनाहरुलाई थाहा पाउने हो भने महर्जनले रिस पोखेको प्रस्ट हुन्छ । मुख्य विषय त महर्जनको करार अवधि नवीकरण नभएपछि र बर्खास्तमा परेपछि उनी आक्रोशित बनेकी थिइन् । तर करार नवीकरणमा पहारीको कुनै संलग्नता छैन । नत बर्खास्तमा नै छ । उनी एक स्वतन्त्र पाइलट हुन् । उडानमा कुनै समस्या वा केही भएमा नेपाल वायु सेवा निगम र नागरिक उड्ययन प्राधिकरणलाई जानकारी गराउनुपर्छ । तर उनले प्राधिकरणलाई जानकारी गराएपछि पनि त्यसलाई प्रचारबाजी गर्न थालेकी छन् ।

के थियो घटना ?

गत साउन ११ गते मलेसियाबाट काठमाडौं उडानको समयमा भएको कुरा हो । वरिष्ठ पाइलट विजय लामाको अनुरोधमा पहरीले महर्जनलाई उडानमा समावेश गराएका थिए । जहाजको सुरक्षित उडानको लागि असाधारण अवस्था बाहेक अन्य अवस्थामा ककपिटमा आइएफएस बाहेक अन्य क्याविन क्रुलाई पाइलटले नै जिम्मेवारी दिन सक्छन् । तर महर्जनले आफूलाई जिम्मेवार नदिएको विषयलाई दुव्र्यवहार बनाएकी छन् ।

लुक्ला उडानमा महर्जनको त्यो लापरबाही

महर्जनको लावरबाही कतिसम्म छ भन्ने थाहा पाउन १३ वर्ष अघिको एउटा उडानमा भएको घटनालाई फर्किएर हेर्दा प्रस्ट हुन्छ । त्यतिबेला नेपाल एयरलाइन्सको जहाज लुक्ला–काठमाडौं उडानमा थियो । जहाजका क्याप्टेन दिपेन्द्र प्रधान थिए । तर त्यतिबेला एयर होस्टेज महर्जन को पाइलटको सिटमा बसेकी थिइन् । उनी यो सिटमा बसिनन् मात्रै, उडान समेत गरिन् । तर कानुनतः त्यो सिटमा एयरहोस्टेज बस्नै पाइँदैन । हवाई सेफ्टीको हिसाबले यो ठूलो अपराध हो । उक्त घटनापछि उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ महिनासम्म निलम्बन गरेको थियो । तर त्यति गर्दागर्दै पनि उनले पहँुचका आधारमा पुनः करारमा जागिर खाइन् ।

कार्य सम्पादनमा अनुतिर्ण परिचारिका

एयर होस्टेज मर्हजन कार्य सम्पादनमा अनुत्तीर्ण र अयोग्य परिचारिका हुन् । उनलाई नेपाल एयरलाइन्सको कार्य सम्पादन तथा मूल्याङ्कन कमिटीले अनुत्तीर्ण गरेको थियो । सो आधारमा पनि उनको नवीकरण नभएको हो । तर सोही विषयमा विरोध जनाउँदै यसअघि एयर होस्टेजको टोलीले उडान समेत रोकेका थिए । त्यतिबेला उडान रोक्दा नेपाल एयरलाइन्सलाई २ करोडको घाटा भएको थियो । उडान नै रोकेपछि उनको तीन वर्ष करार नवीकरण भएको छ । तर केही सञ्चार माध्यमले उडान रोकिएको कारण भने क्वालालम्पुर–काठमाडौं उडानको विषयलाई जोडेका छन् ।

उनले नेपाल एयरलाइन्सले आफूलाई कारबाही गरेको विषयलाई पाइलटसँग जोडेकी छन् । एउटा मुद्दालाई अर्कैतिर मोडेर पाइलटलाई दुःख दिन थालेपछि हाल पहारीलाई त्यो पाँच जना उडान सदस्यलाई प्राधिकरणले उडान रोक्न लगाएर आन्तरिक छानविन कमिटी बनाएको छ । तर एयरहोस्टेज महर्जनले सञ्चारमा माध्यममा अपवाह फैलाउँदै हिडेकी छन् । त्यसोको गर्दा पाइलटलाई अनावश्यक टर्चर र तनाव थपिँदा हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।