हार्वी बलात्कार मुद्दामा लस एन्जलसमा पनि दोषी ठहर

0
Shares

चर्चित हलिउड निर्माता हार्वी वाइन्स्टिन बलत्कार तथा यौन दुव्र्यवहारको मुद्दामा लस एन्जलसमा समेत दोषी ठहरिएका छन्।

कुनै समय हलिउड उद्योगका शक्तिशाली निर्माता रहेका ७० वर्षीय हार्वेलाई अदालतले उक्त मुद्दामा फैसला गर्दै लस एन्जलस अदालतले १६ वर्षको जेल सजाय सुनाएको हो।

सन् २०२० मा उनीमाथि लागेको तीन बलात्कार तथा यौन दुव्र्यवहारसम्बन्धी मूद्दामा पनि उनी दोषी ठहरिएका हुन्। यसभन्दा अघि सन् २०१८ मा बलत्कार र यौन दुव्र्यवहारसम्बन्धी मुद्दामा न्युयोर्कको एक अदालतले उनलाई २३ वर्षको जेल सजाय सुनाएको थियो। उनीमाथि सो आरोप लागेसँगै संसारभरि मिटू अभियान शुरु भएको थियो।

त्यस्तै, सन् २०१३ मा उनको तत्कालीन उत्पादन सहायकले आफूमाथि कुटपिट गरेको आरोप लगाएका थियो। योसँगै उनलाई हलिउड अभिनेत्री एन्जेलिना जोली, ल्यासेट एन्थोनी, केट बेकिसलगायत ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए। हार्वेले भने पैसालाई लिएर आफूमाथि धेरै गलत आरोप लगाइएको र आजीवन कारावासको योग्य नभएको तथा आफूले सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी गर्दै आएका थिए।

हार्वेमाथि बलात्कारको आरोप लागेसँगै ओस्कार एकेडेमी अवार्ड आयोजक संस्था द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सले यौन हिंसाको युग समाप्त भएको भन्दै उनलाई बोर्ड सदस्यबाट बर्खास्त गरेको थियो।