सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

0
Shares

काठमाडौं । नाबालिग बलात्कार मुद्दाका आरोपित क्रिकेटर खेलाडी सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा अदालतमा रहेको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो मुद्दामा सुनुवाइ शुरू गरेको थियो । बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गर्नुभएको थियो । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित दुई जनाले र पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए । लामिछानेको तर्फबाट सरोजकृष्ण घिमिरे, रोशनी घिमिरेलगायतले बहस गर्न बाँकी रहेको छ ।

लामिछानेलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

त्यस्तै, सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । दुवै मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सोमबार सुनुवाइ हुने छ ।