प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् ।

प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भन्नु भएको हुनाले नजान लागेको परराष्ट्रमन्त्री पौड्यालकी प्रेस विज्ञ यशोदा अधिकारीले जानकारी दिइन् ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफ्ना प्रगतिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम थियो

तर ,अब उनको भ्रमण नै रोकिएको छ।