सकियो आठ दलको बैठक, के भयाे निर्णय ?

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ । बैठकले फागुन १८ गते संघीय सांसदहरुलाई अभिमुखीकरण दिने निर्णय गरेको छ।१९ गते सातै प्रदेशमा अुभिमुखीकरण दिइने पनि बैठकले निर्णय गरेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

बैठकमा राष्ट्रपति निर्वाचनसम्बन्धी छलफल भएको उनको भनाइ छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा भने अहिले छलफल नभएको र केही दिनपछि छलफल हुने उनले बताए ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई प्रस्तावित गरिएपछि पहिलो बैठक आज बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहेको थियो ।

त्यस्तै माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु थिए भने नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेत्री एलिजा गौतम सहभागी थिए ।