कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

0
Shares

धादिङ ।

कुटपिट गरी हत्या गरेको आरोपमा धादिङवाट एक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

बानियाले १० फागुनमा कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।