काठमाडौं ।
आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्बसाधारणलाई असहज भएको छ ।
अचानक मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।
काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भूभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।













प्रतिक्रिया