किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

0
Shares

काठमाडौँ। 

एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।