प्रधानमन्त्री प्रचण्ड दोहा जाने

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन दोहा जाने भएका छन् । उनी आगामी शुक्रबार कतारको राजधानी दोहा जाने भएका हुन् ।

रापष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन् ।

उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुने बताइएको छ । प्रधानमन्त्री २२ गतेपछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।