सन्दीप लामिछानेको सुनुवाइ न्यायाधीशद्वय मल्ल र चुडालको इजलासमा

0
Shares

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको निवेदनको सुनुवाइ हुने भएको छ । आज (आइतबार) सुनुवाई हुने निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा चढेको छ ।

गत पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न नेपाली टोली शनिवार युएई गएको छ ।
तर, आइतबार सुनुवाइ भएकाले लामिछाने भने जान पाएका छैनन्। खेल फागुन १५ गतेदेखि २२ गतेसम्म हुँदैछ।

अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन् । यसअघि लामिछानेले विदेश जान पाउनुपर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए ।