पत्र प्राप्ति पश्चात् नेकपा (एस)ले भन्यो : एमालेसँग संवादको ढोका खुल्यो

0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)ले पत्र लेखेर समर्थन मागेपछि सम्बादको ढोका खोलेको बताएको छ ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । ‘पत्रका लागि धन्यवाद ! यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय घर्की सकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

एमाले अध्यक्ष केपि शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमाले राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र प्राप्ति पश्चात् जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक सम्बादको ढोका खोलेका बताएका हुन् ।