सन्दीप थुनामा जालान् कि धरौटीमा छुट्लान् ? आज सर्वोच्चमा सुनुवाइ हुँदै



काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सुनुवाइ हुने भएको छ । आइतबार लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।

‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्