मेयर साहको खुलासा

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताउनुभएको छ ।

मेयर साहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताउँदै यो देश कहिल्यै नबन्नेसमेत घोषणा गर्नुभयो ।

समाजिक सञ्जालमा मेयर साहले लेख्नुभएको छ– ‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’

तर, उहाँले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाउनुभएको छैन । अचानक देखापरेको मेयर साहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।