मलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ : मेयर शाह

0
Shares

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् ।

तर, उनले  कसले राजीनामा दिन लगाउन खोजेको हो त्याे भने केही खुलाएका छैनन् ।

अचानक देखा परेकाे मेयर शाहकाे याे स्टाटसले तरंग उत्पन्न गर्ने भएकाे छ ।