बालुवाटारमा जारी बैठकमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि थपिए

0
Shares

काठमाडौँ।

राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा थप तीन दल पनि सहभागी भएका छ।

पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल छलफलमा गरिरहेको बेला लाेसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ पनि थपिएका छन्।

राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन ७ दल एकै ठाउँ भेला भएका हुन्।

बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएको छैन।