संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति आवश्यक, प्रधानमन्त्री सकारात्मक : प्रकाशरण महत

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गरे ।

अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिएका उनले शुक्रबार साँझ बस्ने बैठकमा प्याकेजमै सहमति हुने दाबी गरे ।

राष्ट्रपति पदमा माधवकुमार नेपाल योग्य उम्मेदवार भए पनि अहिले कांग्रेसबाटै राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।