राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो : तोसिमा कार्की

0
Shares

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन्।

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन्।

उनले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन्।

उनले टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गरिन्।

राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभइ आम जनतामाथिको अपराध भएको उनको भनाइ छ।