राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावबाट कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

0
Shares

पाँचथर ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् ।

ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताएका हुन् ।

राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । तर, राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने उपमहासचिव ज्ञवालीले बताएका हुन् ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता भोलि शनिबारका लागि तोकिएको छ । अघिल्लो दिन शुक्रबार ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि तयार भए कांग्रेससँग सहकार्य हुने बताए ।

राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताएका उनले नेपालमा राजनीतिक अस्थिरता देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाए ।