प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक भेटवार्ता शुरु

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भइरहेको हो ।

प्रधानमन्त्री र ओलीबीचको छलफल राष्ट्रपतिको उम्मेदवारको विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले बताएकाे छ ।

यसअघि आजै भएको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित चार दलको बैठकले सहमतिकै आधारमा साझा उम्मेदवार तय गर्ने निष्कर्ष निकाले थियो । यसका लागि आ–आफ्नो दलभित्र छलफल र थप गृहकार्यपछि आजै साँझ ५ बजे चार दलको बैठक बस्ने सहमति भएको छ ।

पाँच दलीय पुरानो गठबन्धनलाई ब्युँताउने रणनीतिका साथ चार दलबीच छलफल चलिरहेको अवस्थामा सत्ता घटक एमालेसँगको छलफललाई महत्वका साथ हेरिएको छ ।