एमालेको सचिवालय बैठक शनिबार बस्दै

0
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले)ले सचिवालयको बैठक बस्ने भएको छ । शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।