मेयर बालेन शाह लण्डन जाँदै



काठमाडाैं  ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यही फागुन ३० गते लण्डन जाने भएका छन्। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो।

लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।

उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ।  बालेनको वैदेशिक भ्रमण गर्न मन्त्रिपरिषद्‍बाट बैठकले अनुमति दिएर स्वीकृत गर्नुपर्ने हुन्छ। कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्