बालुवाटारमा चार दलका शीर्ष नेताहरूको बैठक जारी, ओली अनुपस्थित

0
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित ४ दलको बैठक वालुवाटारमा जारी छ ।

राष्ट्रपति निर्वाचनबारे राजनीतिक दलहरूबीच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताको उपस्थिति छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनुपर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।