पुरानो पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनको बैठक बालुवाटारमा जारी

0
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावैको पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धको बैठक बालुवाटारमा बसेको छ । आज (शुक्रबार) बिहान ८ बजेदेखि उक्त गठबन्धनको बैठक बसेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलको बैठक बसेको हो ।

बैठकमाम कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा पनि सहभागी छन् भने माओवादी केन्द्रबाट प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युताउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।