एक्सनले भरिएको अनमोलको छड्के

0
Shares

अनमोल केसी अभिनीत यस वर्षको बहुप्रतिक्षित फिल्म छड्के २ को टझेलर सार्वजनिक गरिएको छ।

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मको टझेलर एक्सन र मारधाडले भरिएको छ। तीन ग्याध्रको लडाइको कथा देखाइएको फिल्मको टझेलरमा अनमोललगायतका यसका मुख्य कलाकारलाई देखाइएको छ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ रीग्रन ग्याङको कथा बुनिएको फिल्ममा ती ग्याङले मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट धन आर्जन गरेको देखाइएको छ। तीनवटा ग्याङमध्ये एउटा ग्याध्रको नेताको रुपमा अनमोललाई प्रस्तुत गरिएको छ। जो शरीरभरी ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढी शानका साथ ग्याध्रको नेतृत्व गरिरहेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलका अलावा रोविन तामाध्र, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायतका कलाकारले अभिनय गरेका छन्।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स् र मेधा प्रोडक्सनको ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्ममा राजकुमार उप्रेतीको एक्सन, रवि चौधरी मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्ममा निर्भाना फिल्म स्कुल र लक्ष्मण काप्mले कार्यकारी निर्माता रहेका छन्।