सेलेनाको फलोअर्स सर्वाधिक धेरै

0
Shares

हलिउड अभिनेत्री एवम गायिका सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएकी नम्बर एक महिला बनेकी छन्।

३० वर्षीया उनी काइली जेनरलाई उछिन्दै यो स्थान हासिल गर्न सफल भएकी हुन्। सेलेनालाई हाल तीन सय ८१ मिलियनभन्दा बढिले फलो गरिरहेका छन्। एक अन्र्तवार्तामा सेलेनाले आफू ब्रेकअपको कठिन समयमा गुज्रेको बेला आफूले अनलाइनमार्फत घृणाको समना गर्नुपरेको र हजारांै फ्यानले राम्रो कमेन्ट गरे पनि आफ्नो भने ध्यान थोरै नकरात्मक प्रतिक्रियातर्फ जाने बताएकी छन्।

सेलेनापछि कँइली जेनर सबैभन्दा बढी फलो गरिएकी महिला हुन् भने यसपछि क्रमशः एरियाना ग्रान्डे, किम कार्डर्सियन, बियोन्सेलगायतका छन्। भर्चुअल दुनियाँमा सेलिब्रेटहरुको लोकप्रियता उनीहरुको सामाजिक सञ्जालमा पछ्याउने फ्यानको संख्याको आधारमा मापन गरिन्छ।