सकियो माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक

भोलि बिहान काँग्रेससँग बस्ने


काठमाडौँ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बिना निष्कर्ष सकिएको छ।

बिहीबार साँझ सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन दलको बैठक बसेको हो।

बैठक निष्कर्षविहीन भएपछि भोलि बिहान पुन: चार दलबीच बैठक बसेर टुंग्याउने जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र उपेन्‍द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

हिजो पनि राति बालुवाटारमा बसेको बैठकमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्दै कांग्रेस र नेकपा एकीकृत समाजवादीको छलफल सकिएको थियो। तर आज पनि बिनानिष्कर्ष बैठक सकिएको छ।