प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, पुरानै गठबन्धन ब्युँताउने तयारी

0
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदबारमा छलफलमा भइरहेको प्रधानमन्त्रको सचिवालयले जनाएको छ ।

छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी रहेको बताइउको छ । उनीहरुबीच राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।