राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा सघन छलफल

फाइल तस्बिर
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहानै प्रचण्ड र देउवीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री लाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । भेटको क्रममा राष्ट्रपति निर्वाचनको बारेमा छलफल जनाईएको छ । छलफलमा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित व्यक्तिबारेमा छलफल भएको स्रोतले बतायो ।

कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ । त्यस्तै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेका छन् ।