काठमाडौँ।
हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लव’ आगामी चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो।
यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको उक्त शो अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । हरेक दिन बिहीबार प्रसारण हुने सो कार्यक्रमको
अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन्।
त्यस्तै कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहेका छन् ।
प्रतिक्रिया