राष्ट्रपति भण्डारी मकवानपुर जाँदै, हेटौंडा अस्पतालको भवनको उदघाटन गर्ने

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन हेटौंडा जाने भएकी छन् ।

आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पचालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारी १२ बजे हेलिकप्टरमा हेटौंडा जाँने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाइएको छ ।