फेसन डिजाइनर नै र्‍याम्पमा

0
Shares

फेसन डिजाइनरमा भविष्य बनाउने प्रयासमा फेसन डिजाइन पढ्दै र गर्दै आएका फेसन डिजाइनरहरु आफै र्‍याम्पमा उत्रेका छन्। फेसन डिजाइनमा आफूलाई अब्बल देखाउन फेसन डिजाइनरहरु आफै बिरालोको चाल मार्दै र्याम्पमा उत्रेका हुन्।

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले हालै राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ड्रेस टु इम्प्रेसको सातौँ सिजनमा एक सय १० जना डिजाइनर एक अर्कासँग स्पर्धा गर्ने क्रममा ड्डयाम्पमा उत्रेका हुन्। यस क्रममा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका चार डिजाइनरले बेग्लाबेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन्। आईआईएफटीकै विद्यार्थीबीच भएको डिजाइनर प्रतिस्पर्धामा प्mयुचरिस्ट थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भइन्। यस्तै, अन्डर द सि थिममा रोश्ना टमाटा र ब्ल्याक एन्ड बोल्डमा सावित्रादेवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन्। त्यस्तै, वाइल्डलाइफ नेचुरल एन्ड टुरिजम थिममा अप्सना मियाँ उत्कृष्ट डिजाइनर घोषित भएका छन्।

प्रतिस्पर्धामा मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं युवा व्यवसायी उज्ज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, अंकित मैत्य, दिलमाया मगर, फोटोग्राफर राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना निर्णायक रहेका थिए। फेसन डिजाइनिध्र र मोडलिध्रको कम्बिनेसन मानिने ड्रेस टु इम्प्रेसमा डिजाइनरहरु आफूले तयार पारेका पहिरन लगाएर नै प्रस्तुत हुने गरेका छन्। जसले डिजाइनरहरुलाई समेत मोडलिध्रबारे ज्ञान हुने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिध्र शेर्पा बताउँछन्।

फेसन डिजाइनरलाई मोडलिध्रबारे जानकारी हुन आवश्यक छ। त्यसैले, ड्रेस टु एम्प्रेसमा डिजाइनरहरुलाई मञ्चमा उतार्ने गरेका हौँ, शेर्पाको भनाइ छ। कार्यक्रम मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफी र निर्देशनमा सम्पन्न भएको हो।

आईआईएफटीले करिब ८ वर्षदेखि फेसन डिजाइनर बन्न चाहनेका लागि डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ। काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले पछिल्लो समय इन्टेरियर डिजाइनिध्रको कोर्षसमेत दिँदै आएको छ। पछिल्लो समय फेसन डिजाइनर बन्न चाहने युवाको रोजाइ बन्न सफल आईआईएफटीलाई अन्य सहरमा समेत विस्तार गर्ने योजना रहेको प्रबन्धक निर्देशक शर्पाले बताए।