स्याङ्जामा आगलागी हुँदा लाखौँको क्षति, एक जना घाइते

0
Shares

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कालीगण्डकी गाउँपालिका १ छिस्दीमा विद्युत् सर्ट भई आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । तोण बहादुर गेलाङको गोठमा विद्युत सर्ट भई आगलागी हुँदा गोठ नजिकै रहेको उहाँको कच्ची घर र सोही ठाउँ बस्ने ५९ वर्षीय यम बहादुर गाहाको गोठमासमेत आगलागी भई पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

गोठमा आगलागी भएपछि गोठभित्र रहेको बाख्रा फुकाउन जाने क्रममा यम बहादुर गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । गाहाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

आगलागी प्रभावित परिवारलाई पालिकाको तर्फबाट उचित आर्थिक सहयोग गर्ने कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । यसैगरी जिल्लाको वालिङ १४ डाँडाखर्कमा बारी तथा खरबारीमा लागेको आगो घरतर्फ आउन थाल्यो भनी आत्तिएर बेहोस भै १ जनाको ज्यान गएको छ । उक्त स्थानका ६५ बर्षिय टिकाराम कुँवरको मृत्यू भएको प्रहरीले जनाएको छ ।