जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

तनहुँ । तनहुँमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ अभियुक्तलाई प्रहरीले पक्राउ गरे्काइलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

२४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका ३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान कार्कीले ती महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।