राइनासका वडा अध्यक्षले लिए दुइ बिपन्न २ विद्यार्थीको अध्ययन जिम्मेवारी

0
Shares

लमजुङ  । 

लमजुङको राइनास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शंखवहादुर सार्कीले विपन्न दुई विद्यार्थीको अभिभाकत्व लिएका छन्।

वडा अध्यक्ष सार्कीले आफूले व्यक्तिगत खर्चबाट दुई विद्यार्थीको अध्ययन खर्च उठाउने प्रतिवद्धता जनाउदै राइनास नगरपालिका वडा नं. ५ कै दुई स्थानीय विद्यार्थीको अध्ययनको जिम्मेवारी लिएका हुन ।  उनले माध्यमिक तहको शिक्षा हासिल गरी प्राविधिक धारतर्फ कक्षा ११ र १२ सिभिल इञ्जिनियर अध्ययनको लागि अन्जली कुमाल र राजन विकको अभिभाकत्व लिएका हुन ।

सोहि वडाको तिनपिप्लेस्थित शिशु विद्याश्रममा सिभिल इन्जिनियर अध्ययन गरिरहेका दुवै विद्यार्थीलाई ११ र १२ मा अध्ययन गर्न लाग्ने सवै खर्च व्यहोर्ने प्रतिवद्धता सहित वडाअध्यक्ष सार्कीले विद्यालयको वार्षिकउत्सवको अवसरमा कक्षा ११ मा दुवै विद्यार्थीको भर्ना र मासिक शूल्क वापत लाग्ने खर्चको ५० प्रतिशत रकमसमेत हस्तान्तरण गरेकाे विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीले वताए।

सिभिल इञ्जिनियरतर्फ कक्षा ११ र १२ मात्र सञ्चालनमा रहेको उक्त विद्यालयमा दुवै विद्यार्थीको अध्ययन पुरा भएपछि पनि आफू वडाअध्यक्ष रहदाँसम्म अन्य दुई विपन्न विद्यार्थीको अध्ययन खर्चको व्यवस्थापन गर्ने समेत वडाअध्यक्ष सार्कीले प्रतिवद्धता जनाए।

विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउन तथा कमजोर आर्थिक अवस्थाकै कारण बिचैमा अध्ययन छोड्नुपर्ने वाध्यताको अन्त्यका लागि पनि सवैले आफूले सकेको सहयोग गर्नूपर्ने वडाअध्यक्ष सार्कीको भनाई छ ।