अमेरिकामा सरकारी विद्यालयमा दिवाली बिदा पाइने प्रस्ताव पारित 

0
Shares

काठमाडाैं ।

अमेरिकाको न्यूयोर्क सहरका सार्वजनिक अर्थात् सरकारी विद्यालयहरुमा दिवाली मनाउने बिदा पाइने ऐतिहासिक प्रस्ताव पारित भएको छ ।

सन् २०२२ अक्टोबर मै न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सले हिन्दु,जैन ,सिख र बुद्ध धर्मावलम्बीहरुका लागि न्यूयोर्क शहरमा दिवालीको दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

उनले त्यस समय अर्को बर्ष देखि सुरु गर्ने घोषणा गरेता पनि गत फेब्रुअरी १६ बिहिबारका दिन न्यूयोर्ककी अत्यन्तै सक्रिय परिषद सदस्य लिण्डा ली उक्त प्रस्ताव पेश गर्दै परिषदले दिवालीका दिन न्युयोर्कका सबै सरकारी विद्यालयहरुमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।