क्रिकेट खेलमा सट्टेबाजी गराएको आरोपमा ४ जना पक्राउ

0
Shares

काठमाडौं ।

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक ओडिआई सिरिज खेलमा सट्टेबाजी गरेकाे आराेपमा सीआईबी टाेलीले पक्राउ गरेकाे हाे  ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ३ जना शंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।