लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ

0
Shares

धनगढी  । 

कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् ।

८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिका–१ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।