लागुऔषध कारोवारमा संलग्न ४ थाई नागरिकसहित १३ जना पक्राउ

0
Shares

काठमाडौं ।

लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले ४ थाई नागरिक, २ भारतीय नागरिक र ७ नेपाली नागरिक गरी १३ जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा सोलुखुम्बु, माप्यदुधकोशी वडा न-४ बस्ने ३५ बर्षीय लाक्पा शेर्पा रहेका छन् । उनीबाट प्रहरीले लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाईट्राभेट १२,९५० ट्याब्लेट र नगद ४,०५,००० बरामद गरेकाे छ  ।

यस्तै  पक्राउ पर्नेमा एबी ३६८०६२६ नम्बरको पासपोर्ट भएकी ४८ वर्षीया यवालुक जुएबश्री, एडी ०२८१३७३ नम्बरको पासपोर्ट भएकी ४२ वर्षीया परिचर्त पमप्रुक, एडी ०२३०९५८ नम्बरको पासपोर्ट भएका २५ वर्षीय नतापोल त्रिचेइया र एडी ०२३०९५८०२१९३३१ पासपोर्ट भएकी १९ वर्षीया नतनरे त्रिचेइया छिन् ।

विशेष सुचनाका आधारमा निरन्तर निग्रानी पश्चात  लागुऔषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुलहरु, लागुऔषध खैरो हेरोईन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डिपार्चर कक्षबाट थाईल्याण्डतर्फ निकासी गर्न लागेको अबस्थामा लागु औषध चरेशसहित १३ जनालाई पक्राउ गरेकाे  प्रहरीले जानकारी दिएकाे छ  ।

काठमाडाैं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।