श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

0
Shares

दैलेख  । 

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्  । आफ्नै श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका- ८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण  बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे  ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।