निर्माणाधीन भवन भत्किँदा २ जना घाइते

0
Shares

काठमाडाैं  ।

सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्किँदा २ जना घाइते भएका छन् । सेजको प्रदर्शनी हलको ढलान छत भत्किँदा मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।

उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको प्रहरीले बताएकाे छ। हलको छत भत्किएपछि प्रहरीले सह-ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बदगाईलाई पक्राउ गरेको छ ।