छुट्टाछुट्टै रिले र आमरण अनशनमा

पाटन क्याम्पसमा आंशिक शिक्षकबीच लफडा

0
Shares

काठमाडौं ।

आंशिक शिक्षकलाई करार नगरेको विरोधमा पाटन क्याम्पसका दुई शिक्षकका समूह छुट्टाछुट्टै आमरण अनसन बसेका छन् । आंशिक शिक्षकलाई प्रक्रिया पुरा गरी तत्काल करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै रिले अनसन बसेको ७२ घण्टापछि आमरण अनशन सुरु गरेका छन् । पाटन क्याम्पसमा शिक्षक नै आमरण अनसन बसेको यो पहिलो घटना हो ।

आइतबार साँझ ५ बजेबाट रिले अनसन तोडेर आमरण अनसन बसेका शिक्षकले त्रिवि कार्यकारीको बैठकको निर्णय अनुसार २६ जना शिक्षकलाई करार नियुक्तिको प्रक्रिया सुरु गर्न माग गरेका छन् । ती शिक्षक तर्फबाट तुलसा दुलालले आमरण अनसन बस्नुभएको छ । नोटः शिक्षकको नाम परिवर्तन हुनसक्छ फोन गरेर भनौला अर्को पक्षका आंशिक शिक्षकले सकेसम्म बढी करारमा नियुक्ति गर्न माग गर्दै हिजो आइतबार बिहान १० बजेबाट आमरण अनसन सुरु गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले ६२ आंगिक क्याम्पसमा लामो समयसम्म कार्यरत शिक्षकलाई करार गर्ने निर्णय गरेसँगै पाटन क्याम्पसमा १३ वटा विषयका २६ दरबन्दी सूचीमा रहेका थिए । राजधानीका केही क्याम्पसले प्रक्रिया पु¥याएर करारमा नियुक्ति गरिसकेको छ । आइतबार बिहानबाट आमरण अनसन सुरु गरेका आंशिक शिक्षकले कम्तीमा पनि ६० जना भन्दा बढी शिक्षकलाई करार गर्न आग गरेको छ ।

‘२६ जनालाई करार गर्न भनिएको त्रिविको विवरण त्रुटिपूर्ण छ, यसलाई सच्याएर ६० भन्दा बढीलाई प्रक्रिया पुरा गरी नियुक्ति गर्न जोडदार माग गर्दछौ– आइतबार बिहानबाट आमरण अनशन सुरु गरेका समूहका तर्फबाट शिक्षक हिमाल गिरीले नेपाल समाचारपत्रसँग भन्नुभयो । आफन्त र पार्टी निकटका साथीलाई करार बनाउने षडयन्त्र गर्दै २६ जनाको नाम स्वीकृत गराउन सफल क्याम्पस प्रशासनको रबैयाप्रति आपत्ती जनाउदै शिक्षक गिरीले भन्नुभयो–अधिकांश विभागलाई सम्बोधन नगरी एकलौटी रूपमा गरेको २६ जनाको सिफारिसलाई हामी मान्यता दिँदैनौ ।

क्याम्पस प्रशासनले ३० जनालाई करार गर्न त्रिविलाई आग्रह गरेता पनि त्रिविको कार्यकारीले २६ जनालाई करार गर्न स्वीकृत दिएको थियो । क्याम्पस प्रशासनले नेपाली, वातावरण इतिहास लगायतका विषयका शिक्षकको वर्क कार्यभार नपुग्ने गरी विवरण पेस गरेको कारण करारको कोटा अस्वीकृत भएको आंशिक शिक्षक गिरीको आरोप थियो । धेरै संख्यामा करार गर्नुपर्ने माग गर्दै सो समूहका नेपाली विषयका शिक्षक दीलदयाल रेग्मी आमरण अनशन बस्नुभएको छ ।

उता २६ जनाको कोटालाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै सुरुमा रिले र हिजोबाट आमरण अनशन सुरु गरेको समूहले तत्काल प्रक्रिया पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । सो समूहका शिक्षक रमेश पाण्डेले त्रिविको नियम, कार्यविधि र निर्देशिका अनुसार निर्णय भएको विषयमा तोडमोड गर्न नमिल्ने बताउनै आंशिक शिक्षक पाण्डेले भन्नुभयो–कार्यकारी परिषद्को पुस ८ गतेको निर्णय पछि क्याम्पसमा १८ गते पत्र आएको थियो, सोही अनुसार निर्णय गर्नुपर्छ ।

उहाँका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण समस्या परेको बताउँदै आमरण नियम अनुसार भएको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । क्याम्पस प्रशासनले निर्णय गर्नासाथ करारमा नियुक्ति हुने विषय नभएको तर्क राख्दै उहाँले भन्नुभयो–छनौट समितिको बैठक बसेर सूचना जारी गर्छ, सोही सूचनाको आधारमा योग्यता पुगेका शिक्षकले आवेदन दिएपछि अन्तरवार्ताबाट मात्र करारमा नियुक्ति गरिन्छ ।

‘प्रक्रियामा कस्लाई नियुक्ति गरिन्छ भन्ने विषयमा निर्णय भइनक्सदा यसलाई अनर्गल प्रचार गर्नु गलत छ–उहाँको भनाई थियो । यो विषयमा क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई सम्पर्क गर्दा फोन उठाउनु भएन ।क्याम्पस प्रमुख र प्रशासनको लाचारीका कारण समस्या बढेको आमरण अनसन बस्दै गरेका दुई तर्फका शिक्षकको आरोप छ । क्याम्पस प्रमुख सिंह बाहिरैबाट समस्या समाधान गर्नेभन्दै क्याम्पस आउन छाड्नुभएको शिक्षकको भनाई छ ।

यसअघि आंशिक शिक्षकले पटक पटक प्रक्रिया पुरा गर्न आग्रह गर्दा बेवास्ता गरेपछि माघ १० गते २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसपछि माघ २० गते आंशिक शिक्षक व्यवस्थापन कार्यविधि मस्यौदा समिति गठन भई सबै सरोकारवालासँग छलफल गरेको थियो ।१३ विषयमा २६ वटा दरबन्दीलाई तत्काल कार्यान्वयन गरी पदपूर्ति गर्न शिक्षकले माग गरेका थिए । सुरुमा रिले अनशन बसेका आंशिक शिक्षकले पाटन क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी, प्रगतिशील, नेपाल राष्ट्रिय, अखिल प्राध्यापक र एकीकृत नेपाल प्राध्यापक संगठनलाई  पत्र बुझाएर अनशन थालेको थियो । अधिकांश शिक्षक र कर्मचारीले क्याम्पस प्रमुख कुँवरको कारण समस्या बढेको आरोप लागेको छ ।