ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ किताब छाप्न किन सक्दैन ?

0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै सांसद शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ शाहीले भने, ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

संघीय संसदमा नि:शुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका छन् ।