महोत्तरी।
गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश साहले बताएका छन् ।
राष्ट्रपति निर्वाचनको विषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्तित्व खोजिरहेको बताउँदै नेकपा एमालेले पनि यसलाइ साथ दिनेमा उन्ले विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रको नामको सम्बन्धमानसमेत छलफल भइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।
मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।
प्रतिक्रिया