एकीकृत जलस्रोत व्यवस्थापन आर्थिक प्रगतिका लागि महत्वपूर्ण : मन्त्री खान

0
Shares

काठमाडौँ।

खानेपानीमन्त्री अब्दुल खानले एकीकृत जलस्रोत व्यवस्थापन सामाजिक र आर्थिक प्रगतिका लागि महत्वपूर्ण भएको बताउनु भएको छ।

आज खानेपानी आयोजना शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले जलवायु परिवर्तन र सङ्घीयता कार्यान्वयनको परिप्रेक्ष्यमा सुधारिएको खानेपानी र सरसफाइ सेवाहरू लगायत एकीकृत जलस्रोत व्यवस्थापन आर्थिक प्रगतिका लागि महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले संस्थागत र नियामक सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा क्षेत्रगत सुशासन र क्षमताको सुदृढीकरण गर्ने यस आयोजनाको ध्येय रहेकामा जोड दिँदै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्मबमोजिम सेवा प्रवाहमा पालिकाहरूको भूमिकालाई अझ सुदृढ बनाउँदै लैजाने विषयमा आयोजनाले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै माल्दिभ्स, नेपाल र श्रीलङ्कामा लागि विश्व बैंकका क्षेत्रीय निर्देशक जार्भोसले यस आयोजनाले चार लाखभन्दा बढी जनसङ्ख्यालाई वातावरण अनुकूल, समावेशी एवं सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच पु¥याउन तथा महिलालाई खानेपानी तथा सरसफाइ क्षेत्रमा रोजगारीका अवसरहरू बढाउन मद्दत गर्ने खालका सीप अभिवृद्धिका लागि प्रशिक्षण कार्य सञ्चालन हुने जानकारी दिनुभयो ।

साथै उहाँले विकास साझेदार र निजी क्षेत्रसँगको निरन्तर सहकार्यका साथ लक्षित स्थानीय समुदायमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पु¥याउने क्षमतामा सुधार गरी सङ्घीयता कार्यान्वयनमा नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक सदैव तत्पर रहेकोसमेत बताउनुभयो । नेपाल सरकार र विश्व बैंकबीच २०७९ असारमा यस आयोजनाको आयोजना सम्झौतामा हस्ताक्षर भएको थियो ।